मानवता माथिको गम्भिर प्रश्न : ‘भारतको केरलामा विष्फोटक पदार्थ खुवाएर मारे गर्भवती हात्तीलाई’

काठमाडौँ – दक्षिण भारतको केरला राज्यमा विस्फोटक पदार्थले भरिएको पाइनापल (भुइकटहर) खाइरहेको गर्भवती हात्तीको मृत्युले मानवतामाथि गम्भीर प्रश्न खडा गरेको छ । खराब नियत भएका मानिसहरुले गर्भवती हात्तीलाई विष्फोटकले भरिएको भुइकटहर खुवाएको शंका गरिएको छ । यो मानिस र पशु बीचको द्वन्द्वमा मानवताको पतनको अर्को कथा हो ।
वन विभागका अधिकारीका अनुसार हात्ती १४–१५ बर्षको हुनुपर्दछ । घाइते भएपछि, उनी यति पीडामा थिइन कि उनी तीन दिनसम्म वेलियार नदीमा उभिएकी थिइन र उनलाई चिकित्सा सहयोग पु¥याउने सबै प्रयास असफल भयो । यस समयमा उनको मुख र खोलाको पानी भित्र नै रह्यो ।
साइलेन्ट भ्याली नेशनल पार्क, वाइल्डलाइफ वार्डनका सेमुअल पचाऊले बीबीसी हिन्दीलाई भने, ’उनलाई चोट लागेको ठाउँ हामीले फेला पारेनौं । उनी केवल पानी पिइरहेकी थिईन्, हुनसक्छ यसले उनलाई थोरै आराम दिईरहेको थियो । उसको दुबै तर्फका बंगरा भाचिएका थिए ।
पल्लकड जिल्लाको मन्नारकड क्षेत्रका वन अधिकारी सुनील कुमारले बीबीसीलाई भने, ’वन विभागका अधिकारीहरुले हात्ती २५ मे मा भेटेका थिए । हात्ती आफ्नो र बच्चाको लागि खानाको खोजीमा नजिकै खेतमा पुगेकी थिइन् ।
हात्तीको यो घटना प्रति जनताको ध्यान तब केन्द्रित भयो जब र्यापिड रेष्पन्स टोलीका वन अधिकारी मोहन कृष्णनले यसबारे फेसबुकमा एक भावुक पोष्ट लेखे । उनले आफ्नो पोष्टमा लेखेका छन् कि हात्ती घाइते भएपछि गाउँबाट भागिन् तर उनले कसैलाई चोट पु¥याइनन् । फेसबुकमा हात्तीको तस्वीर पोष्ट गर्दै उनले लेखे कि उनी भलाइले भरिएकी थिइन् । उनी भन्छन कि हात्तीको तस्वीरहरुमा हात्तीको पीडा देखिएको छैन ।


यसैबीच सुनील कुमार भन्छन् कि वन विभागले हात्तीलाई हात्तीको सहयोगमा नदीबाट बाहिर निकाल्ने प्रयास गर्यो तर त्यो सफल हुन सकेन । वन विभागले पशु चिकित्सकहरु द्वारा हात्ती अपरेशन गर्न कोशिस गरिरहेको थियो । अन्तमा, हात्ती २७ मे मा नदीमा नै मरिन् । जब उनको शव पोष्टमार्टमको लागि लगियो, तब उनी गर्भवती भएको थाहा भयो ।

कृष्णनले आफ्नो पोष्टमा लेखे, ’पोष्टमार्टम गर्ने डाक्टरले मलाई हात्ती एक्लो नभएको बताए । म डाक्टरको पीडा बुझ्न सक्थें, यद्यपि उसको अनुहार मास्कमा लुकेको थियो । हामीले त्यहाँ चिता जलाएर दाहसंस्कार गर्यौ । हामीले उसको अघि शिर झुकायौं र अन्तिम सम्मान गर्र्यौं ।
त्यही समयमा सेमुअल पचाऊ भन्छन कि यस सम्बन्धमा मुद्दा दर्ता गरीएको छ र हात्तीको मृत्युको लागि जिम्मेवार व्यक्तिहरुको पहिचान गर्न प्रयास भइरहेको छ । निलाम्बुर वन क्षेत्रमा जनावर र मानिस बीचको द्वन्द्व नयाँ छैन । यो वन क्षेत्र केरलाको मल्लपुरम र पलक्कड जिल्लाका चार थप वन क्षेत्रहरूसँग जोडिएको छ ।

सेमुअल भन्छन्, “यसभन्दा पहिले पनि मानिस र जनावरहरु बीचको झगडा भएको छ, तर यस्तो विस्फोटकले हात्तीलाई चोटपटक गर्ने पहिलो पटक हो ।” स्रोत बीबीसी 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्