तत्काल विद्यालय नखोल्न सरोकारवालाहरुको उच्च स्तरीय समितिलाई सुझाव

काठमाडौं – कोरोना भाइरस महामारीका कारण तत्काल विद्यालय खोल्न नसकिने सरोकारवालाको सुझाव छ । उनीहरूले बिहीबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकलाई यस्तो सुझाव दिएका हुन् ।

उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा आयोजित छलफलमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेश नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एनप्याब्सन) र नेपाल शिक्षक महासंघसँगका प्रतिनिधिले वैकल्पिक उपाय अपनाएर पढाईनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणि पोखरेल सहभागी बैठकमा उनीहरूले लकडाउनले शिक्षा क्षेत्रमा ठूलो असर पारेको तर तत्कालै सञ्चालनमा जान नसकिने सुझाव दिएका थिए ।

छलफलमा सहभागी नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले विद्यालय खोल्न र परीक्षा सञ्चालन गर्न हतार गर्न नहुने सुझाव दिएको जानकारी दिए । विद्यालय भवनलाई नै क्वारेन्टिन बनाइएकाले पनि विद्यालय सञ्चालन सम्भव नभएको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्