पुर्वमन्त्री बस्नेतले गरिदिए सिन्धुपाल्चोकका सबै स्वास्थ्यकर्मीहरुको कोरोना बिमा

सुशील सुवेदी

सिन्धुपाल्चोक – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत सबै स्वास्थकर्मीहरुको कोरोना विमा गरिदिएका छन् ।

जिल्लामा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुको लागि घोषणा गरिएको म्यादी स्वास्थ्य बिमाको फाइल र स्वास्थ्य सामाग्री जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईं लाईपुर्वमन्त्री बस्नेतले बिहीबार सिन्धुपाल्चोक सदरमुकाम चौतारामा हस्तान्तरण गरेका हुन । जिल्ला जनस्वास्थ्य कार्यालय चौतारा लगायत जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ क्षेत्रमा कार्यरत कार्यालय सहयोगी देखि कार्यालय प्रमुख सम्म ६१३ जनाको कोरोना बिमा गरिदिएको कांग्रेस युवा नेता युधिर पौडेलले जानकारी दिए । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९)को रोकथाम नियन्त्रणका लागि अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी हरुलाई आफ्नो जिम्मेवारीमा लागिरहने हौसलाका लागि यो निर्णय लिएको नेता बस्नेतले बताए ।

पुर्व मन्त्री बस्नेत कोरोनाको प्रकोप जिल्लामा फैलिएसँगै आवस्यक स्वास्थ सामाग्री लिएर पटकपटक जिल्ला पुगेका थिए । आइएमइ जनरल इन्स्योरेन्स कम्पनीमार्फत गरिएको उक्त बिमाको बिमालेख जिल्ला जनस्वास्थ्य कार्यालयको नाममा हुने र बिमाको अवधी एक बर्षको हुने कम्पनीले जनाएको छ । प्रतिब्यक्ती एक लाख रकम बराबरको उक्त विमा रकमको भुक्तानी विमित स्वास्थकर्मीको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको खण्डमा तत्काल उपलब्ध गराइने आइएमइ जनरल इन्स्योरेन्स कम्पनीका प्रवन्धक नारायण खनालले जानकारी दिए । यसअघिनै पुर्व मन्त्री बस्नेतले कोरोनाको कारण मृत्यु भएकी पहिलो महिलाको नाबालक शिशुको भरणपोषण तथा शिक्षादिक्षाको जिम्मा लिइसकेका छन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्