प्रदेश नं. २ का मर्यादापालकहरुमा कोरोना संक्रमण पुष्टि, बैठक स्थगित

जनकपुरधाम – जनकपुर । प्रदेश नम्बर २ को प्रदेशसभा कार्यरत ५ जना मर्यादापालक र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीका एकजना स्वकीय सचिव गरी ६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । जेठ १६ गते ३ सय ४४ जनाको स्वाब संकलन भएको थियो । प्रदेशसभा वैठक बस्नुपूर्व सुरक्षाकर्मी, कर्मचारी, मन्त्रीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यहरुको समेत स्वाब संकलन गरिएको थियो ।

मर्यादापालकमा कोरोना संक्रमण देखिएपछि बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदे सभा बैठक स्थगित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्