पर्सा र बारामा उपचाररत १२ जना कोरोना मुक्त भएपछि डिस्चार्ज

वीरगञ्ज – पर्सा र बारामा उपचाररत १२ जना कोरोना भाइरस संक्रमणमुक्त भएपछि डिस्चार्ज भएका छन् ।

नारायणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालबाट ५ जना र कलैया अस्पतालको आइसोलेसनबाट ७ जना घर फर्केका हुन् ।

दुवै अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीले फूलको गुच्छा दिएर, ताली बजाएर उनीहरुको विदाइ गरेका छन् । लगातार दुईवटा पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पाइएपछि पर्साका ३ जना र बाराका २ जना डिस्चार्ज गरिएको गण्डक अस्थायी कोभिड अस्पतालका संयोजक उदयनारायण सिंहले जानकारी दिए । बाराका दुवै नेपाली सेनाका सैनिक हुन् ।

उता बाराको कलैया अस्पतालको आइसोलेसनबाट ६ जना प्रहरी कर्मचारी र एक जना पत्रकार कोरोनामुक्त भएर घर फर्केका छन् । कलैयामा अझै ४३ जना संक्रमित उपचाररत छन् । कलैयाको आइसोलेसन खाली नभएका कारण ७ जनालाई हाल आदर्श कोतवालमा राखिएको छ । अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्