युएइमा अलपत्र नेपालीहरुको भोलीबाट उद्धार गरिने

FILE PHOTO

युएई – सरकारले विदेशमा अलपत्र परेका नागरिकहरुको उद्धार कार्य सुरु गरेको छ । भोलि शुक्रवार युएई र बर्माबाट नेपालीहरुलाई नेपाल ल्याइने छ ।

युएईमा अलपत्र परेका एकसय ५० जना भन्दा बढी नेपाली ल्याउन शुक्रवार पहिलो उडान हुनेछ । दूतावास युएई श्रोतका अनुसार शुक्रवार अति अलपत्र परेकाहरुको पहिचान गरी नेपाल लैजाने तयारी गरिएको छ ।

यसैगरी प्राथमिकताको आधारमा भिजिट भिसा, बृद्धा, गर्भवती महिलालाई आगामी ८ तारिख नेपाल फर्काउने तयारी भैरहेको दूतावास श्रोतले जनाएको छ । दूतावासको जानकारी अनुसार युएईमा ५० भन्दा बढी नेपाली गर्भवती महिला उद्दारको पर्खाईमा रहेका छन् । युएईबाट नेपाल फर्कने चाहने नेपालीको संख्या १८ हजार ७ सय ७२ जना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्