चैत मसान्त सम्मको बैठक र भ्रमण भत्ता नलिने राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको घोषणा

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चैत मसान्तसम्म बैठक र भ्रमण भत्ता नलिने घोषणा गरेका छन् ।

उनले २०७७ जेठ २२ गतेदेखि चैत मसान्तसम्म राष्ट्रियसभाको बैठकभत्ता र विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा पाइने भ्रमण भत्ता नलिने घोषणा गरेका हुन् । बिहीबार संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई पत्र लेखी अध्यक्ष तिमिल्सिनाले आफूले भत्ता नलिने जानकारी गराउँदै भत्तावापतको रकम सरकारी राजस्व खातामा जम्मा गरिदिन आग्रह गरेका छन् ।

मुलुक कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडिरहेका बेला सार्वजनिक खर्चमा मितव्ययीता ल्याउन यो निर्णय गरेको तिमिल्सिनाले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्