‘आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने?’ – मुख्यमन्त्री पोखरेल

काठमाडौं – व्यापारीहरुले आफुखुशी व्यवसाय सञ्चालन गर्न थालेकामा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्टि जनाएका छन् ।
व्यापारीहरुले बिहिबार ७२ दिनभन्दा लामो लकडाउनपछि पसल खोलेका छन् । पसल खोलेर समुदायमा कोरोना फैलिए कसले जिम्मा लिने भनेर मुख्यमन्त्री पोखरेलले प्रश्न गरेका छन् ।

क्वारेन्टिन र लकडाउनका कारण अहिलेसम्म कोरोना भाइरस समुदायमा नफैलिएको पोखरेलको दावी छ । उनले सामाजिक सञ्जाल फेसबुका लेखेका छन् ‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन । आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने ? गम्भीर बनौँ’

सरकारले कोरोना भाइरस महामारी रोक्न चैत ११ देखि लकडाउनलाई निरन्तरता दिँदै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्