स्वास्थ्य मन्त्रालय र आन्दोलनरत चिकित्सकबीच ५ बुँदे सम्झौता

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकबीच ५ बुँदे सम्झौता भएको । सम्झौता पछि एक सातादेखिको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलन स्थगित भएको छ ।

बुधबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिको रोहबरमा आन्दोलनरत चिकित्सकका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच ५ बुँदे सम्झौता भएको छ । सम्झौतामा ड्युटीमा खटिएका चिकित्सकमाथि हातपात गर्नेमाथि छानविन गरी तीन दिनभित्र कारवाहीको दायरामा ल्याउने, सीसीटीभी फुटेज गायव पार्नेलाई पनि तीन दिनभित्र कारवाहीको दायरामा ल्याउने सहमति भएको छ ।

१४ जेठमा काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा विरामीका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार गरेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुको आन्दोलनलाई देशभरका चिकित्सकहरुले समर्थन गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्