गण्डकी प्रदेशमा एकै दिन १६ संक्रमित थपिए, संक्रमितको संख्या ५४ पुग्यो

पोखरा – गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कूल संक्रमित संख्या ५४ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बागलुङमा १०, पर्वतमा ४, स्याङ्जामा १, म्याग्दीमा १ गरि जम्मा १६ नयाँ संक्रमित थपिएका छन् ।

एकै दिन १० नयाँ संक्रमित थपिएको बागलुङ गण्डकी प्रदेशकै सबैभन्दा धेरै संक्रमित पुष्टि भएको जिल्ला बनेको छ । यो सँगै बागलुङमा १८ जनालाई कोरोना पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्