अनलाइन सपिङ्ग ‘साइवर सप’ द्वारा शुक्लाफाँटाका सञ्चारकर्मीलाई मास्क वितरण

कञ्चनपुर – अनलाइन सपिङ्ग साइट ’साइवर सप’ ले बुधवार मास्क वितरण गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका सक्रिय सञ्चारकर्मीहरु लाई कोरोना भाइरसको जोखिमबाट जोगिन सहज बनाउने उद्देश्यले १५ थान के.एन–९५ मास्क वितरण गरेको हो । कोरोनाको संक्रमणकाबीच नागरिकलाई सुसूचित गराउन अहोरात्र खटिरहेका सञ्चाकर्मीहरुलाई सुरक्षा होस भन्ने अभिप्रायले मास्क वितरण गरिएको साइवर सपका बजार प्रतिनिधि निरज जोशीले बताए ।

’साइवर सप’ काठमाण्डौमा आफ्नो केन्द्रीय कार्यालय स्थापना गरि देशैभर सेवा प्रदान गरिरहेको छ । अनलाइन मार्फत अर्डर गरिसकेपछि मागकर्ताको घरसम्मै पुगी सामान पु¥याइरहेको सपले हाल क्लोथिङ्ग ब्राण्ड र इलेक्ट्रोनिक सामानहरुको सेवा प्रदान गरिरहेको छ । भर्खरै स्थापना भएको सप केही समयपछि अझ थप गुणस्तरीय सेवा र नयाँ-नयाँ ब्राण्ड थपी सेवा प्रदान गर्ने योजनामा रहेको बजार प्रतिनिधि जोशीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्