संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता

काठमाडौं – राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता गरेको छ ।

प्रादेशिक संरचना र संघीयतासँग सम्बन्धित रहेका संविधानको ९२ ठाउँमा संशोधन माग गर्दै जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैरसरकारी विधेयक दर्ता गरेकी हुन् । स्थानीय सरकारलाई स्वायत्त अधिकार दिने र प्रादेशिक संरचना खारेज गर्ने नै आफ्नो मुख्य प्रस्ताव रहेको पौडेलले बताइन् । यसअघि राजपा नेपाल र समाजवादी पार्टीले संयुक्त रुपमा संशोधन विधेयक दर्ता गरेका छन् । कांग्रेसका ८ जना सांसदले पनि संशोधन विधेयक दर्ता गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्