लकडाउनको मोडालिटीबारे छलफल गर्न बालुवाटारमा विज्ञहरुको छलफल सुरु

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा विज्ञहरुको परामर्श बैठक शुरु भएको छ ।
प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटीबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

सो बैठकमा योजना, अर्थव्यवस्था, चिकित्सा, नर्सिङ, सामाजिक अभियन्ताहरू गरी दुई दर्जनभन्दा बढी व्यक्तित्वहरूको सहभागिता रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, तथा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीलगायतका विज्ञहरूको उपस्थिति रहेको छ ।

बैठकमा कोरोना सङ्क्रमणका कारण जारी लक डाउनको मोडलमा परिवर्तन गर्नेलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्