कोरोना संक्रमित बढेपछि जुम्ला सदरमुकाममा निषेधाज्ञा

जुम्ला – लकडाउन अत्यन्तै फितलो भएपछि जुम्ला सदरमुकाममा तीनदिन निषेधाज्ञा गरिएको छ । जिल्ला सुरक्षा समितिको वैठकले तीन दिन निशेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

स्थानीय प्रशासनले बुधबार विहान ९.०० बजे बाट २३ गते बेलकी १२ बजे सम्म निशेषज्ञा जारी गरेको छ । यसैगरी भारतबाट आउने मानिसहरु अत्याधिक बढेको समयमा बजार क्षेत्रमा लकडाउन उलंघन भएका कारण जोखिम रोक्न सुरक्षा समिति ले सो निर्णय गरेको हो । भारतबाट आउने व्यक्तिहरुको पिसिआर नतिजा धमाधमपोजेटिभ देखिएपछि त्रास फैलिएको छ । जुम्लामा १९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्