लकडाउन लम्बिदै जाँदा आत्महत्याका घटना बढ्दै

काठमाडौँ — लकडाउन लम्बिँदै जाँदा आत्महत्याका घटना पनि उल्लेख्य बढ्दै गएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार लकडाउनको सुरुवाती १६ दिनमा आत्महत्या दर दैनिक १६ जना थियो भने त्यसपछिका ४५ दिनमा दैनिक औसत १७ जनाले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष २०७६र७७ को सुरुवाती आठ महिनामा औसत दिनमा १४ जनाले आत्महत्या गरेका थिए । अपराधको दर पनि पछिल्लो समयमा बढेको छ ।

प्रहरीको तथ्यांकमा लकडाउन सुरु भएको दिन चैत ११ देखि जेठ १० गतेसम्म ९ सय ६३ जनाले आत्महत्या गरेको देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्