रुकुम घटनामा गम्भिर ध्यानाकर्षण भएको छः नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च

काठमाडौँ – नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले रुकुम घटनामा आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।
मञ्चले एक विज्ञप्ति जारी गर्दै रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँमा भएको दुर्घटना सुनियोजित ढंगले घेराबन्दीमा पारेर निर्वाध कुटपीट गरि हत्या गर्ने जस्तो जघन्य अपराध प्रति नेपाल सुनचाँदी व्यवसायी मञ्चको गम्भी ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “यस घटनालाई कुनैपनि बाहानामा राजनीतिकरण नगरियोस् घटनाको निष्पक्ष छानविनका लागि संसदीय छानविन समिति गठन गरियोस्, यतिबेला घटनालाई विभिन्न वाहानामा तोडमोड गर्ने प्रयासहरु भइरहेका छन् त्यो हामीलाई स्वीकार्य छैन ।” मञ्चले दोषीमाथि हदै सम्मको कारवाहीको माग समेत गरेको छ । मञ्चले सत्य तथ्य छानविनका लागि हरेक आन्दोलनमा संस्थाको ऐक्यबद्धता रहने समेत जानकारी दिएको छ ।

त्यस्तै यहि घटनाको विरोधमा विरोधमा नेपाल एकीकृत विश्वकर्मा समाजले विरोध र्यालीको आयोजना गरेको छ । सोमबार बिहान ११ः३० बजे काठमाडौको विजुलीबजारबाट विरोध र्याली निकालिने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्