५ दिनमै निको भए कोरोनाका २ जना संक्रमित, निको हुनेको संख्या २१९ पुग्यो

काठमाडौँ – नेपालमा शनिबारसम्म कोरोनाभाइरस निको भएर घर फर्किने संख्या २१९ पुगेको छ ।
शनिबार थप १३ जना कोरोना निको भएर घर फर्किसँगै निको हुनेको संख्या २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंको बुढानिलकण्ठ र टोखाका २ संक्रमित पाँच दिनमै निको भएर घर फर्किएका छन् । उनीहरु टेकु अस्पतालको आइसोलेशनमा उपचाररत थिए । यस्तै बलम्बुस्थित कोभिड युनिफइाड अस्पतालबाट ९ जना डिस्चार्ज भएका छन् । उनीहरु विभिन्न जिल्ला स्थायी ठेगाना भइ काठमाडौंमा बस्दै आएकाहरु हुन् ।

यस्तै अछाम जिल्ला भइ बाँकेमा रहँदै आएका पुरुष पनि डिस्चार्ज भएका छन् । यस्तै रुकुम घर भइ ललितपुर अस्थायी ठेगाना भएका पुरुष पनि निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्