CORONA

रसायनशास्त्र विद्यार्थी संगठन नेपालद्वारा ‘अनलाइन अन्तरक्रिया’ कार्यक्रम आयाेजना, झण्डै ५ दर्जन विद्यार्थी सहभागि

काठमाडौँ – रसायनशास्त्र विद्यार्थी संगठन नेपाल, सिसानद्वारा अनलाईन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार आयोजित अनलाइन अन्तरक्रिया कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक डा. अक्कलदेव मिश्रको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा करिब ५५ जना विद्यार्थीको सहभागिता रहेको थियो । रसायनशास्त्रमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको केमिस्ट्री स्टुडेन्टस् एसोसियसन नेपालका अध्यक्ष याम रोका मगरले जानकारी दिए ।

कोरोना भाइरस एक विश्व महामारी र जैविक रसायनको अवस्था’ शिर्षकमा रहेर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले राखेका जिज्ञासाको प्राध्यापक डा. मिश्रले जवाफ दिएका थिए । उनले यस्ता किसिमका अन्तरक्रियात्मक कार्यक्रमहरुले पढाइमा थप टेवा पुर्याउने बताएका थिए । झण्डै साढे १ घण्टा चलेको कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष दीपा सापकोटाले गरेकी थिइन् भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष याम रोका मगरले गरेका थिए । संस्थाले पाक्षिक रुपमा कोरोना विशेष न्युज लेटर कोरोना खोज प्रकाशन गर्दै आएको र साप्ताहिक रुपमा कार्यक्रम संचालन गर्दै आएको अध्यक्ष रोका मगरले जानकारी दिए ।

कार्यक्रममा कोरोना भाइरसले निम्त्याएको मानसिक समस्याका बारेमा संस्थाका उपाध्यक्ष सूरज पन्थले जानकारी गराएका थिए भने कोरोना भाइरसको ताजा अपडेटबारे संस्थाका महासचिव आकाश घिमिरेले जानकारी दिएका थिए । अध्ययनको शिलशिलामा छिमेकी राष्ट्रचीनमा भएका विरेन्द्र शर्माले पनि कार्यक्रममा सहभागिता जनाएका थिए । उनले कार्यक्रममा रसायनशास्त्रका मात्र नभएर अन्य क्षेत्रका विद्यार्थीहरुको पनि सहभागिता गराउन सुझाव दिएका थिए । आगामी दिनमा केमिस्ट्री स्टुडेन्टस् एसोसियसन नेपाल, सिसानले अन्य देशहरुमा रहेका प्राध्यापकहरु र विद्यार्थीहरुलाई कार्यक्रममा समावेश गरेर अगाडी बढ्ने योजना बनाएको अध्यक्ष रोका मगरले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्