सिरहामा कोरोना संक्रमितको संख्या २५ पुग्यो

सिरहा – सिरहामा थप ११जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवका अनुसार लहान नगरपालिकाका ८ जना, धनगढीमाइ नगरपालिकाका २ जना र अर्का एक जनाको ठेगाना नखुलेका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमण पुष्टि भएको २८, २९, ३३ वर्ष समूहका पुरुषहरु र उनीहरु भारतको विभिन्न ठाउँबाट आएका सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ । योसँगै सिरहामा कोरोना संक्रममितको संख्या २५ पुगेको छ जसमा २ जना सुरक्षाकर्मी रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्