दैलेखमा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

सांकेतिक तस्बिर

दैलेख – जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।

दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गरे । ‘गत ७ गते उनी भारतबाट आएका थिए । भारतबाट आएका कारण उनीसहितको टोलीलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखेका थियौं,’ दुल्लु नगर प्रमुख घनश्याम भण्डारीले बताए ‘उनी बिहान चिया र विस्कुट खाएपछि ढलेका थिए ।’

उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट आज आउने नगरप्रमुख भण्डारीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्