देशभर १ लाख जना क्वारेन्टाइनमा, सुदूरपश्चिममा मात्रै २५ हजार भन्दा बढी

काठमाडौं – देशभर झण्डै १ लाख जनालाई क्वारेन्टाइनमा राखिएका छन् । कोरोना भाइरस संक्रमणको जोखिममा रहेकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

कोरोना जोखिम क्षेत्रबाट आएका ९९ हजार ३ सय ३६ जना देशका विभिन्न ठाउँको क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै प्रदेश ५ मा ३२ हजार ३ सय ७३ जना, सुदूरपश्चिम प्रदेशमा २५ हजार ७ सय ६५ जना, कर्णाली प्रदेशमा १७ हजार ५ जना क्वारेन्टिनमा छन् ।

त्यस्तै प्रदेश २ मा १६ हजार ६ सय ७८, प्रदेश १ मा २७ सय ४७, बागमती प्रदेशमा १९ सय ५४ र गण्डकी प्रदेशमा २८ सय १४ क्वारेन्टिनमा रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्लो समय भारतबाट फर्किनेहरुको संख्या बढेसँगै देशभर क्वारेन्टिनमा बस्नेहरुको संख्या बढेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्