प्रेस युुनियन सिन्धुपाल्चोकले गर्यो क्रियाशील पत्रकारको कोरोना बिमा

सिन्धुपाल्चोक – नेपाल प्रेस युनियन सिन्धुपाल्चोकमा आबद्ध क्रियाशील पत्रकारहरुको कोरोना बिमागरिएको छ । समाचार सकंलनका क्रममा विभिन्न स्थानमा पुग्दा कोरोना जोखिम हुनेभएकाले पत्रकारहरुको बिमा गरिएको हो ।

विश्वव्यापी रुपमा महामारी फैलिएको कोरोना (कोभिड(१९) संक्रमण पत्रकारमा फैलने सम्भावित खतरा भएपछि एक पत्रकार बराबर एक लाख रुपैयाँको बिमा गरिएको हो । अहिले प्रेस युनियन सिन्धुपाल्चोकका ५५ सदस्यको बिमा गरिएको छ । बिमालेख नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखा रहने गरि आएइमई जनरलइन्स्योरेन्स लिमिटेडमा एक वर्षका लागि बिमा गरिएको हो ।

बिमा अवधि २८ मे २०२१ सम्मरहनेछ । बिमा कम्पनी आइएमइका अनुसार कोराना भाइरस (कोभिड(१९) रोग लागेको अवस्थामा र भुक्तानी पाउने व्यक्तिको कानुनी अधिकार प्रमाणित भएमा करारको अवधिमा रहीभुक्तानी दिइनेछ । बिमा रकम भुक्तानी हुनका लागि व्यक्तिको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हुनुपर्नेछ । बिमा कम्पनीका अनुसार यो बाहेक अन्य कम्पनीबाट बिमा गराइएको पाइएमाभुक्तानी भने दिइने छैन ।कोरोना महामारीको समयमा समाचार संकलन गर्न जोखिम भएकाले पत्रकारलाई कोभिड–१९ पोजेटिभ देखिए राहत होस् भन्ने हेतुले युनियन कर्मीको बिमा गरिएको प्रेसयु नियन सिन्धुपाल्चोक शाखाकी अध्यक्ष दुर्गा आचार्यले जानकारी दिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्