झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि, २७ जना कचनकवलका मात्रै

मोरङ – शुक्रबार झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार कोशीमा परीक्षण गर्दा २७ जनाको पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएकाहरु झापाको दक्षिण कचनकवल गाउँपालिकाका हुन ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा भद्रपुरका एक पुरुषमा संक्रमण देखिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्