यस पटक पनि किन छुट्टिएन गोकुलेश्वर विमानस्थलका लागि बजेट ?

कृष्णदेव जोशी , दार्चुला
दार्चुलाको गोकुलेश्वर बिमान्स्थल विगत २८ बर्ष देखि बन्द छ । गोकुलेश्वर विमानस्थलसँगै बन्द भएका अन्य विमानस्थलहरु कालोपत्रे भएर सन्चालनको अन्तिम तयारिमा छन् । तर उक्त विमानस्थल अहिलेसम्म सन्चालनमा आउन सकेको छैन । नेपालमा सशस्त्र द्वन्द्वका वेला तत्कालिन माओवादीले विमानस्थलमा रहेका टावर, टर्मिनल भवन, साइड अफिस लगायतमा आगजनी गरेपछि त्यसयता भनव पुनः निर्माण हुनसकेका छैनन् ।

आर्थिक बर्ष २०७३/०७४ को बजेट वक्तव्य मार्फत गोकुलेश्वर विमानस्थल सन्चालन गर्ने कार्यक्रम त थियो तर नागरिक उड्डयन प्राधिकरणका प्राबिधिकहरुले विमानस्थलको स्थलगत निरीक्षण गर्दा त्यो विमानस्थल जोखिममा रहेको प्रतिवेदन तयार पारे यसकारण पनि विमानस्थल सन्चालनमा आउन नसकेको हुनसक्छ भन्ने आशंका सजिलै गर्न सकिन्छ । उसो त ! वैतडी र दार्चुलाको सिमाना छुट्याउने चमेलिया नदिमा बनेको सस्पेन्सन पुलका कारण पनि सन्चालन गर्न नसकिएको हो । अर्को गोकुलेश्वर विमानस्थल भारतको सिमा नजिक पर्ने भन्ने गलत रिपोर्ट दिइएकै कारणले समेत सन्चालन गर्न नसकिएको भन्ने पनि सुनिन्छ । यद्यपि उक्त विमानस्थल भारतको सिमाना भन्दा कयौ किलोमीटर टाढा छ । अर्को विमानस्थल नजिक अनुमती नलिएरै ठुलाठुला दर्जनौ घरहरु बनेको भनेर गलत रिपोर्ट दिएकै कारण समेत विमानस्थल सन्चालनमा आउन नसकेको पनि हुनसक्छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन्त्रीमण्डलका नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्टले टुइनेटर विमान अवतरण गराएर नै विमानस्थल सन्चालनमा ल्याउने वाचा गरे । एउटा टोलि अध्ययन लागि आयो तर विमानस्थल सन्चालन भएन । हुन त ,उड्डयन मन्त्री लोकेन्द्र बिष्टले टुइनेटर विमान अवतरण गराएर विमानस्थल सन्चालन गर्ने भन्ने वाचा गर्ने वेला नै “आफू चोखो बन्ने “ काम मात्रै हो भन्ने आशंका थियो । त्यो वाचा केवल भोट बटुल्ने ,सत्तामा पुग्ने र कतिपयले त बेमौसमी बाजा नै भने किनकी द्वन्द्वकालको वेला उनकै पार्टीले यस विमानस्थलको टावर लगायत अन्य ठाउमा आगजनी गरेका थिए । उसो त अहिले विमानस्थलको टावर मा आगजनी गर्ने अफिसमा क्षति गर्ने तोडफोड गर्ने नै सत्तामा छन् । तर कसैले पनि हिम्मत गरेर जसरी क्षति गरेका थियौ त्यसरि नै सन्चालनमा ल्याउ भनेर दरो रुपमा उनिहरुलाइ प्रश्न गर्न सकेन्न, उनिहरुको ध्यानाकर्षण गर्न सकेन । त्यसैले अहिलेसम्म उक्त विमानस्थल सन्चालनमा आउन सकेको छैन ।

२०७० सालको चुनावको वेला तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचारमा त्यस ठाउमा पुगे । ओली र ठगुन्नाले सोही विमानस्थलको मंचमा नै टेवुल ठट्याएर भासण गरे । कार्यक्रताले ताली ठोके होइ होइ जिन्दावाद, जिन्दावाद भने तर विमानस्थल सन्चालनको बारेमा आश्वासन सम्म समेत दिएनन् । त्यसपछि ०७४ सालको स्थानीय चुनावको वेला र प्रतिनिधि सभाको चुनावको वेला सबै दलका उमेदवारहरुले विमानस्थल सन्चालनमा ल्याउन पहल चाल्ने आश्वासन नदिएका भने होइनन् । विमानस्थलको धावनमार्गमै मञ्च बनाइ चिल्ला भासण ठोके । फेरि पनि कार्यकर्ताहरुले ताली ठोके । तर त्यो भासण केवल भासण मा मात्र सिमित हुन पुग्यो । जुन आज आएर देखिएको छ । उसो त केही वर्ष पहिले कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष विमानस्थल सन्चालन्को माग नराखेका त होइनन् । प्राबिधिक टोलिले चमेलिया नदिमा रहेको पुलको कारण सन्चालनमा ल्याउन नसकेको भन्ने प्रतिवेदन मन्त्रालयमा बुझाए । त्यस्तै नेकपा केन्द्रीय सदस्य गणेश ठगुन्नाले समेत विमानस्थल सन्चालनको लागि प्राधिकरण र मन्त्रालयको ध्यानाकर्षण नगराएका त होइनन् तर कसैले सुनेनन् ।
यसपाली आर्थिक बर्ष ०७७/०७८को वजेट वक्तव्यमा उक्त विमानस्थल सन्चालनमा आउँछ कि भन्ने आशा आम दार्चुलेली हरुले गरेका थिए । तर त्यो आशा केवल सपना मात्रै रह्यो । यसबाट दार्चुला बासी निराश बनेका छन । यसबाट प्रस्ट हुन्छ कि, “राजनैतिक पहुच र पहलकै कमिका कारण विमानस्थल सन्चालनमा आउन नसकेको हो ।

विमानस्थल सन्चालनका लागि दार्चुलाका स्थानिय तहहरुबाट प्रधानमन्त्री तथा सम्बन्ध निकायलाई ज्ञापनपत्रसमेत बुझाए, तर सुनवाइ भएन । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक बर्ष ०७७/०७८ को वजेट सार्वजनिक गर्दा त्यसमा दाङ को नारायणपुर तेह्रथुमको चुहानडाडा लगायतका आन्तरिक विमानस्थलको लागि बजेट छुट्याउदा दार्चुलाको गोकुलेश्वर विमानस्थलको लागि बजेट नछुटाउदा केन्द्र सरकारले दार्चुला लाई हेर्ने दृष्टिकोण घाम जस्तै छर्लङ्ग भएको छ ।

यतिवेला दार्चुला बाट दुइजना सान्सद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छ्न । दिलेन्द्र बडु र गणेश ठगुन्ना ! दिलेन्द्र बडुले पटकपटक सम्बन्धित निकायलाइ गुहार्दा समेत सुनवाइ नभएको र आफनो पाटी सत्तामा नभएको र अझै पनि कुरा उठाउने बताउछ्न । भने गणेश ठगुन्नाले आफ्नो सामाजिक सन्जालमा खुला रुपमा नै “एकचोटी वजेट वक्तव्यमा आइसकेको र घरिघरी बजेट वक्तव्यमा आइरहनु पर्दैन “भन्ने कुरा लेखेका छ्न । अहिले उक्त विमानस्थल ड्राइभिङ सिक्ने थलो, गौचरण, खेलमैदानका रुपमा परिणत भएको छ ।

अन्तमा यो विमानस्थल सञ्चालन आएमा आम दार्चुला बासीको मात्रै नभइ बैतडीका केही स्थानियहरु लाइ समेत फाइदा हुने र दार्चुलामा पनि पर्यटक हरु बढ्ने देखिन्छ । त्यस्कारण उक्त विमान्स्थल सन्चाल्न गर्न जनप्रतिनिधि र सरोकार वला निकायहरुको छिट्टै ध्यान जान जरुरी छ ।

(लेखक नेबि संघ दार्चुलाका बिद्यार्थी नेता हुन् ।)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्