आजको मौसमः देशका केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौँ – शुक्रबार दिउँसो देशभर सामान्य बदली रहनुका साथै देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको र स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ । हाल देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भूभागमा सामान्य बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

पुर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्