बजेट प्रगतिशील र जनपक्षीयः प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट प्रगतिशील र जनपक्षीय भएको प्रतिक्रिया दिएका छन् ।

बजेटबारे प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डले भने, ‘कोराना महामारीको यो विषम परिस्थितिमा पनि सन्तुलित, जनतालाई राहत दिने किसिमले सिर्जनात्मक, प्रगतिशील, जनपक्षीय ढंगले समाजवादउन्मुख बाटो पक्रिने बजेट आयो, म खुसी छु ।’

आर्थिक वर्ष २०७७र०७८ को बजेटले सबै समुदाय, त्यसमा पनि निम्नवर्गका जनतालाई सम्बोधन गर्ने र राहत दिनेगरी आएको बताए ।

आन्तरिक र बाह्य ऋण सहयोग र अनुदान पनि वस्तुवादी भएको प्रचण्डको प्रतिक्रिया छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्