सिंहदरबारले सधै नजरअन्दाज गरेको दार्चुला : गोकुलेश्वर विमानस्थल संचालन सपनामा मात्रै, यस पटक पनि भएन बजेट विनियोजन

काठमाडौँ – सरकारले दार्चुलाको गोकुलेश्वर विमानस्थल संचालनका लागि यस पटक पनि बजेट विनियोजना गरेको छैन ।
विहिबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७ ०७८ को बजेट सार्वजनिक गरेका छन् । तर दाङको नारायणपुर र तेह्रथुमको चुहानडाँडा लगायतका विमानस्थलको निर्माण कार्य अघि बढाउन बजेटको व्यवस्था गरिएको बताए । २ दशक देखि बन्द रहेको गोकुलेश्वर विमानस्थल संचालनका लागि भने बजेटमा कुरा नै आएन । गत वर्ष नै विमानस्थलका लागि बजेट विनियोजन गरिने भनेको थियो तर यस पटक पनि बजेट विनियोजन भएको छैन । सरकारले यसपटक पनि दार्चुलालाई उपेक्षा गरेको छ । यस अघि गोकुलेश्वर विमानस्थल संचालनको लागि सांसद गणेशसिंह ठगुन्नाले संसदमा पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि बजेटमा समेटिन सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्