रुकुम घटनाः थप एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता

काठमाडौं – रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा १० गते शनिबार रुकुममा घटना भएको थियो ।

चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका–४ का १९ वर्षीय सञ्जु विकको शव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार सञ्जुको शव छेडागाड नगरपालिका–१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा फेला परेका हो । भेरी नदी किनारमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीले खबर गरेका थिए ।

यसअघि बुधबार भेरी नगरपालिका–११ का अन्दाजी २० वर्षीय लोकेन्द्र सुनारको शव भेरी नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो । ६ जना मध्ये दुई जनाको शव शनिबार नै फेला परेको थियो भने एक जनाको शव सोमबार फेला परेको थियो । अझै एक जना भने बेपत्ता छन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्