५१ जिल्लामा फैलियो कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ४२ पुग्यो, कुन जिल्लामा कति ?

काठमाडौं – बिहीबारसम्म देशका ५१ जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

बिहीबार सोलुखुम्बु, दोलखा, बझाङ र दार्चुला जिल्लामा समेत कोरोनाभाइरस संक्रमित फेला परेसँगै कूल ५१ जिल्लामा संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ।

बिहीबारको अध्यावधिक विवरणअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ ।
बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्