CORONA

क्वारेन्टाइन स्थल अव्यवस्थित भएको भन्दै रौतहटको गौरमा नाराबाजी

रौतहट – क्वारेन्टिन स्थल अव्यवस्थित भएको भन्दै रौतहटको गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालय क्वारेन्टिनमा बसेकाहरुले नाराबाजी गरेका छन् ।

खानाको राम्रो प्रवन्ध नभएको भन्दै क्वारेन्टिनमा बसेकाहरुले आफूहरु घर जान पाउनु पर्ने भन्दै नाराबाजी र होहल्ला गर्न थालेपछि सो स्थान तनावग्रस्त बनेको थियो । विवाद उत्पन्न भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप प्रहरी परिचालन गरिएको र अहिले त्यहाँको परिस्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । क्वारेन्टिनमा बसेका व्यक्तिहरुले घरबाटै खाना मगाउने, बाहिर पसलबाट सामान किनेर ल्याउन लगाउने लगायतका गतिविधि गरेपछि विवाद सिर्जना भएको हो । सडकमा ठेलामा फलफूल बेच्नेहरुसँग उनीहरुले क्वारेन्टिन कक्षबाटै सामान मगाउने गरेका छन् । घरबाट खाना लिएर जाने व्यक्तिहरुले क्वारेन्टिनभित्र नै गएर सामान दिन पाउनु पर्ने माग गर्दै विवाद सिर्जना गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्