नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित, ६ हजार ५८४ मत प्राप्त

 

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको मतदानपछि शनिबार बिहान सार्वजनिक मतपरिणामअनुसार थापा सभापतिमा निर्वाचित हुनुभएको हो।

काठमाडौंको राष्ट्रिय सभागृहमा राति अबेरदेखि सुरु भएको मतगणना सम्पन्न भएको महाधिवेशनको सञ्चार केन्द्रका सदस्य महेश गौतमले जानकारी दिनुभएको छ।

प्राप्त मतपरिणामअनुसार सभापतिमा निर्वाचित थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ। मतगणनाका क्रममा ५४ मत बदर भएको जनाइएको छ।

निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेकामा ७ हजार ३९ जनाले मतदान गरेका थिए।

सभापति पदको मतगणना सम्पन्न भए पनि अन्य पदका मतपेटिका भने पार्टीको केन्द्रीय कार्यालय सानेपा लगिएको छ। अन्य पदको मतगणना त्यहीँ गरिने जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्