गणतन्त्र दिवसको अवसरमा २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा

FILE PHOTO

काठमाडौं – गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । यस्तै आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी पनि गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन् ।

राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिअनुसार रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ जना कैदीहरुको बाँकी कैद सजायँ मिनाहा भएको शितल निवासबाट जारी सूचनामा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्