नेपाली काँग्रेसकाे अनुरोधमा संविधान संशोधन प्रस्ताव कार्यसूचीबाट हट्योः मुख्यमन्त्री पोखरेल

प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाली काँग्रेसको अनुरोधमा संविधान संशोधन कार्यसुचीबाट हटाएको बताएका छन् ।
बुधबार सामाजिक संजाल फेसबुक मार्फत उनले यो जानकारी गराएका हुन् । उनले लेखका छन्, “नेकांको अनुरोधमा संविधान संशोधन प्रस्ताव आजको कार्यसूचीवाट हटेको हो, फिर्ता भएको होइन।आशा गरौ, नेकांको साथमा प्रस्ताव छिटै पासहुनेछ।”

लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएपछि सरकारले संविधान संशोधनको तयारी गरेको थियो । तर बुधबार संसदको कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेश गर्ने कार्यसूची भए पनि पछि हटाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्