४७ जिल्लामा फैलियो कोरोना, ८८६ जना संक्रमित, १८३ निको भए

काठमाडौं – बुधबारसम्म कोरोनाभाइरसको संक्रमण देशभर ४७ जिल्लामा फैलिएको छ ।
बुधबार रुकुम पूर्वमा समेत कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमण ४७ जिल्लामा पुगेको हो । हालसम्म सबैभन्दा बढी संक्रमित बाँकेमा १७० जना रहेका छन् भने त्यसपछि कपिलवस्तुमा १०९ जना र रौतहटमा १०७ जना रहेका छन् ।

बुधबारमात्रै ११४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कूल संक्रमितको संख्या ८८६ जना पुगेको छ भने १८३ जना निको भएका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका गरी ४ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्