नेशनल प्याब्सन कागेश्वरी मनोहराको अध्यक्षमा राजीव सेढाईं

काठमाडौं – नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको तेस्रो अधिवेशनबाट राजीव सेढाईंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।

आज सम्पन्न अधिवेशनले नगर कमिटीको नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा दिपेन्द्र यादव, सचिवमा बालकृष्ण भट्टराई र कोषाध्यक्षमा भवानी केसी चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा श्याम लिम्बु, महेन्द्र रेग्मी, इन्दीरा अधिकारी र आङदावा लामा चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिले कागेश्वरी मनोहरा नगरपालिकाभित्र सञ्चालित निजी तथा आवासीय विद्यालयहरूको शैक्षिक विकास, संस्थागत समन्वय तथा विद्यालयसँग सम्बन्धित साझा विषय र समस्याको समाधानका लागि सहकार्य गर्दै अघि बढ्ने अपेक्षा गरिएको छ।

अधिवेशनमा सहभागी पदाधिकारी तथा सदस्यहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। नयाँ नेतृत्वले विद्यालयहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्