रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो

बाढीले क्षति बनाएको त्रिशूली बजार क्षेत्रका बस्ती नुवाकोट, ११ भदौः रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि त्रिशूली नदीमा आएको बाढीले क्षति बनाएको नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली बजार क्षेत्रका घर तथा बस्तीका संरचना। तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ६६९ पुगेको छ। नेपाल प्रहरीका अनुसार शनिबार अपराह्न ४ बजेसम्म विभिन्न जिल्लामा गरी ६६९ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, गोरखामा ५४, चितवनमा २४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ जनाको शव फेला परेको छ।

बाढीबाट प्रभावित २ हजार ३०१ जनाको उद्धार गरिएको छ भने २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। त्यस्तै, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० जना रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्