रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, सबै भारतबाट आएका थिए

रौतहट – रौतहटमा बुधबार फेरी ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही, ईशनाथ, कटहरिया र गढिमाई नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् ।

३५ जना माध्ये गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाही गोनाही नगरपालिकामा दुई, कटहरिया नगरपालिकामा दुई र गढीमाई नगरपालिकामा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

सङ्क्रमण पुष्टि भएका सबैजना हालै भारतको विभिन्न सहरबाट रौतहट आएको समेत प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट यसको आधिकारिक पुष्टि भएको छैन । सङ्क्रमित सबैजना सम्बन्धित पालिकाले सञ्चालन गरेको क्वारेन्टीनमा बसिरहेका छन । सङ्क्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केहि दिन अघि भारतबाट आएर क्वारेन्टाईनमा बसेका ११ सय १२ जनाको स्वाब संकलन गरी परिक्षण्का लागि टेकु अस्पताल काठमाडौ पठाईएकोमा बुधवार ३५ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला जन स्वास्थ्य कार्यालय प्रमुख कृष्ण साहले बताए । यसअघि मङ्गलबार मात्रै विभिन्न नगरपालिकामा गरी २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । योसँगै रौतहटमा सङ्क्रमित हुनेको सङ्ख्या १०५ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्