भारतबाट आएका बाग्लुङका ६ जनामा काेरोना भाइरसको संक्रमण पुष्टि

पोखरा – बाग्लुङमा थप ६ जनामा कोरोना भाइरस कोभिड (१९ सङ्क्रमण पुष्टि भएको छ । नेपालको पाँचौ र छैठौ संक्रति भेटिएको बाग्लुङमा पछिल्लो पटक थप ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । पोखरास्थित गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङको तमानखोला गाउँपालिकाका चार जना र बडिगाढ गाउँपालिकाका दुई जनामा सङ्क्रमण भेटिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार सङ्क्रमण पुष्टि भएका बडिगाढ गाउँपालिकाका १९, २० वर्षका पुरुष र तमानखोलाका २१, २१, २७ र २७ वर्षका पुरुष रहेका छन् । सङ्क्रमित सबै भारतबाट आएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्