संक्रामक रोग ऐन–२०२० अनुसार कञ्चनपुरका ४८ जना ब्यापारी कारबाहीमा, को-को परे ?

कञ्चनपुर –  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ४८ जना ब्यापारीलाई कारवाहि गरेकोछ ।

संक्रामक रोग ऐन–२०२० मा टेकेर ४८ जना ब्यापारीलाई जरिवाना र कैद सजाय सुनाएर कारवाही थालेको जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले जनाएको छ । लकडाउनमा पनि अवैध तरिकाले ब्यापार व्यवसाय सञ्चालन गरेर संक्रामक रोग कोरोनाको नियन्त्रणमा बाधा पुर्‍याएको र महामारकिो मौका छोपेर कालोबजारी गरेको ठहर प्रशासनको छ ।

प्रशासनले ऐन अनुसार एक सय रुपैयाँ जरिवानादेखि २० दिनसम्मको कैद सजाय तोकेको छ । समान्य लापरवाही गर्ने १३ वटा फर्मले सय रुपैयाँ जरिवाना तिरेका छन् ।

१७ वटाले गम्भीर त्रुटि गरेकाले सञ्चालकलाई १५ दिनको कैद तोकिएको छ ।अति गम्भीर लापरवाही गरेको ठहर गर्दै १८ वटा फर्मका सञ्चालकलाई २० दिन कैद गरिएको प्रशासनले जनाएको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्