कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत साउन २ र ३ गते सञ्चालन भएको परीक्षामा सहभागी ७१ हजार ३१० परीक्षार्थीमध्ये ५७ हजार ८९७ जना (८१.१९ प्रतिशत) ले सबै विषयमा ग्रेड प्राप्त गर्दै सफलता हासिल गरेका छन्। बोर्डका अनुसार ३ जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ।

नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले साउन २४ गते बिहान ९ बजेदेखि साउन ३० गते साँझ ५ बजेसम्म प्रतिविषय एक हजार रुपैयाँ दस्तुर तिरी अनलाइनमार्फत पुनर्योग (रिटोटलिङ) का लागि आवेदन दिन सक्ने बोर्डले जनाएको छ। त्यस्तै, परीक्षामा सहभागी भई प्रत्येक विषयमा कम्तीमा ‘डी’ ग्रेड प्राप्त गरेका विद्यार्थीले नतिजा प्रकाशित भएको १० दिनपछि तोकिएको दस्तुर बुझाएर ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रका लागि आवेदन दिन सक्नेछन्।

बोर्डका अनुसार नतिजामा कुनै प्राविधिक त्रुटि वा व्यक्तिगत विवरणमा फरक देखिएमा नतिजा प्रकाशन भएको ६ महिनाभित्र आवश्यक कागजातसहित निवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्