पाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं – बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गर्ने निर्णय गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोट प्रक्रिया अघि बढाएको थियो। उक्त प्रक्रियामा निगमका पूर्व निमित्त कार्यकारी निर्देशकसमेत रहेका साह उत्कृष्ट तीन उम्मेदवारभित्र पर्न सफल भएका थिए।

अन्तिम प्रतिस्पर्धामा नागेन्द्र साह, कौशल केसी र सञ्जीवकुमार देव सिफारिस भएका थिए। निगममा लामो समय काम गरेको अनुभवका आधारमा सरकारले साहलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।

नवनियुक्त कार्यकारी निर्देशक साहले पदभारसँगै महत्वपूर्ण चुनौतीको सामना गर्नुपर्ने भएको छ। हाल देशभर खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ताहरू ग्यास डिलरमा लामो लाइन बस्न बाध्य छन्। यस्तो अवस्थामा बजारमा ग्यासको सहज आपूर्ति सुनिश्चित गर्नु उहाँको पहिलो प्राथमिकता र मुख्य चुनौतीका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्