मंगलबार थप २१ जना कोरोना मुक्त, निको हुनेको संख्या १७६ पुग्यो

काठमाडौं – मंगलबार थप २१ जना कोरोना मुक्त भएका छन् । नारायणी अस्पताल कोरोना विषेश अस्थायी अस्पताल गण्डकको आइसोलेशनमा उपचाररत २१ जनाले कोरोना जितेका हुन् । यो सँगै कोरोना निको हुनेको संख्या १७६ पुगेको छ ।

४ महिलासहित २१ जनाले कोरोना जितेको अस्पतालले जनाएको छ । उनीहरु सबै वीरगन्ज महानगरपालिकाको रहेको र मंगलबार राति डिस्चार्ज गरिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्