प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक निम्ताे, भ्रमणको मिति भने तय हुन बाँकी

काठमाडौं । भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई औपचारिक भारत भ्रमणको निम्ताे पठाएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइएको जानकारी दिएका हुन्।

यद्यपि, भ्रमणको मिति र समयबारे भने अहिलेसम्म कुनै निर्णय नभएको भन्दै उनले यसबारे थप विवरण सार्वजनिक गरेनन्।

पत्रकार सम्मेलनका क्रममा नेपालबाट विशेष दूत भारत पुगेर विभिन्न सरोकारवालासँग भेटवार्ता गरेको भन्ने विषयमा सोधिएको प्रश्नमा प्रवक्ता जैसवालले आफूलाई त्यस्तो कुनै जानकारी नभएको बताएका छन्। साथै, प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेन भारत भ्रमणमा गएको भन्ने दाबीबारे पनि आफूलाई जानकारी नरहेको उनले स्पष्ट पारे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्