नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उहाँको निधन भएको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै उहाँको योगदानको स्मरण गरेको छ। पार्टीका अनुसार दिवंगत नेता श्रेष्ठको पार्थिव शरीर बुधबार श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ।

त्यसपछि पार्टीको तर्फबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्