अछामकी ११ वर्षीया बालिकामा कोरोना संक्रमणको पुष्टि

अछाम – भारतबाट अछामस्थित घर फर्किएका मेल्लेख गाउँपालिका–४ कुष्कोटका ११ वर्षीया बालिकामा धनगढीमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । बालिकाका ३२ वर्षीय बुवा कोरोना सङ्क्रमणको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमै रहेका छन् ।

बालिकालाई समेत सोही अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताइएको छ । भारतको नयाँ दिल्लीबाट घर नपुग्दै उनीहरुमा कोरोना सङ्क्रमण भेटिएको छ ।

बुवा र छोरीलाई कोरोना सङ्क्रमण भएको र श्रीमती र छोरालाई पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले जानकारी दिए । सङ्क्रमण पुष्टि भएका पुरुषका श्रीमती र छोरामा पिसिआर नेगेटिभ रिपोर्ट आएपछि आमा र छोरालाई घर ल्याउने पहल भइरहेको बताइएको छ ।

सङ्क्रमण पुष्टि भएका पुरुषसँगै आएका अन्य नौ जना मेल्लेखस्थित क्वारेन्टाइनबाट स्वास्थ्य कार्यालयले स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणका लागि सुर्खेत पठाएको छ । कोरोना सङ्क्रमण आशङ्का गरिएका अन्य ११ जनाको समेत स्वाब सङ्कलन गरेर सुर्खेत पठाइएको छ ।

भारतलगायत जिल्ला बाहिरबाट मानिसहरू घर फर्कन थालेपछि कोरोना सङ्क्रमणको उच्च जोखिम भएको भन्दै स्थानीय त्रसित हुन थालेका छन् । नेपालले सीमा नाका खोलेसँगै भारतबाट घर फर्कनेको सङ्ख्या बढ्न थालेको छ । जिल्ला बाहिरबाट आउने व्यक्तिको सुरक्षित व्यवस्थापनमा चुनौती थपिएको जनप्रतिनिधिको भनाइ आइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्