संक्रमित भेटिएलगत्तै स्थानीय तह तथा समुदाय सिल नगर्न मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएलगत्तै स्थानीय तह तथा समुदाय सिल नगर्न आग्रह गरेको छ ।

पछिल्लो समय संक्रमितको पूर्ण विवरण यकिन नहुँदै हल्लाकै भरमा स्थानीय तह तथा समुदाय सिल गर्ने प्रवृत्ति बढेको छ । यसले अनावश्यक स्थान सिल हुन पुगेको भन्दै स्वास्थ्य मन्त्रालयले हतारमा निर्णय नलिन अनुरोध गरेको हो ।

‘स्थानीय तह र समुदायमा कोरोना संक्रमितको ठेगाना सुन्नेबित्तिकै सिल गर्ने प्रवृत्ति छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘हतारमा यस्तो निर्णय लिन जरुरी छैन । संक्रमितबारे इपिडिमियोलोजी र प्रदेश सरकारबाट जानकारी आएपछि मात्रै यसबारे निर्णय गर्नुहोला ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्