पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागारबाट रिहा गर्न आदेश दिएको छ। न्यायाधीश श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कोइरीलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो।

थमनविक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। फैसला भएको भोलिपल्टै उनलाई पक्राउ गरी जलेश्वर कारागार पठाइएको थियो। सर्वोच्च अदालतले भने गत असार १९ गते जारी गरिएको कैदी पुर्जी कानुनी रूपमा नमिलेको ठहर गर्दै त्यसका आधारमा गरिएको थुनालाई वैधानिक मान्न नसकिने निष्कर्ष निकालेको छ। यही कारण अदालतले कोइरीलाई तत्काल रिहा गर्न आदेश दिएको हो।

यद्यपि, सर्वोच्चको आदेशले उच्च अदालतले सुनाएको मूल फैसलामाथिको कानुनी प्रक्रियालाई भने स्वतः अन्त्य नगर्ने कानुनविद्हरू बताउँछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्