छोराको कुटपिटबाट आमाको मृत्यु

भक्तपुर – सूर्यविनायक नगरपालिका-९ भातेढिकुर चोक स्थित छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । शुक्रबार साँझ करिब १९:४५ बजे उदयपुरको कटारी नगरपालिका-५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।
गम्भीर घाइते भएकी चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुदै पाटन अस्पताल पुर्याइएकी उनको राति २३:०० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनामा संलग्न मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्