प्युठान – प्युठानको स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडकमा भएको सवारी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको निधन भएको छ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रित भई करिब ५०० मिटर तल खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका क्रममा गाडी चालकसमेत रहेका ५० वर्षीय उपमेयर राना मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





