चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्विरोध निर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
चितवनमा सम्पन्न महाधिवेशनको समापन समारोहमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले लामिछानेलाई शपथ ग्रहण गराएका हुन्। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन ७ असारदेखि १२ असारसम्म चितवनमा सञ्चालन भएको थियो। महाधिवेशनमा सभापति पदमा लामिछाने निर्विरोध निर्वाचित भएका थिए।
महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयनसँगै केन्द्रीय समिति गठन तथा संगठनलाई थप सुदृढ बनाउने प्रक्रिया पनि अघि बढाइएको रास्वपाले जनाएको छ।





